काठमाडौं - नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा फेरि एकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् ।
नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ ठूल्ठूला घरानियालाई विभिन्न आरोप लगाउँदै ह्यारेसमेन्ट गर्न उद्यत देखिएको आरोप लगाएका छन् ।
उद्योगपति अरुण चौधरी पक्राउको विषयमा प्रतिक्रिया दिँदै शर्माले यसलाई प्रधानमन्त्री र गृहमन्त्रीको अन्डर टेबल डिल गर्ने डिजाइन भएको बताएका हुन् ।
‘राम्रो ढंगले हेर्नुभयो भने मिनबहादुर गुरुङको गिरफ्तारीदेखि अहिलेसम्म ठूल्ठूला उद्योगपति र ठूला घरानाहरुलाई ह्यारेस गरेर अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन देखिन्छ,’ उनले भनेका छन् ।
सुरुसुरुमा मिनबहादुरको भाटभटेनीमा प्रचण्डकै लगानी रहेको चर्चा चल्ने गरेको थियो । हिसाबकिताब नमिल्दा गुरुङलाई बदनाम गराउन बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरिएको थियो ।
चौधरीको गिरफ्तारीको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम ल्याउन सक्ने शर्माले बताए । बिहीबार नै निजी क्षेत्रले आकस्मिक पत्रकार सम्मेलन गरी चौधरी पक्राउ घटनाले उद्योगी व्यवसायीलाई ह्यारेसमेन्ट गर्न खोजेको बताउँदै सरकारलाई यस्ता काम बन्द गर्न आग्रह गरेको थियो ।
निजी क्षेत्रले प्रतिष्ठित उद्योगी व्यापारीलाई पूर्वसूचना दिएर चरित्रहत्या नहुने किसिमले कुनै पनि घटनामा बयान लिन अनुरोध पनि गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।