आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

होटल सोल्टी र आर्मी अफिसर्स क्लबमा दिँदैछन् देउवाले छोराको बिहेको पार्टी

होटल सोल्टी र आर्मी अफिसर्स क्लबमा दिँदैछन् देउवाले छोराको बिहेको पार्टी

  • मिडिया डबली
  • आइतवार, माघ १४ २०८०

  • 6.6K
    SHARES

  • होटल सोल्टी र आर्मी अफिसर्स क्लबमा दिँदैछन् देउवाले छोराको बिहेको पार्टी

     काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंहको माघ २१ गते बिहे हुँदैछ।

    जयवीरको काठमाडौंकै सञ्जीवभक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठकी छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो। बिहे बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ ।

    बिहेभोज भने फागुन २ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ। त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ।

    राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ।

    बिहेका निम्तालुलाई फूलमाला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ। जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिवसमेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend