आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

रवि कानुनी रुपमा फसेकै हुन्, अझ फस्ने ठाउँहरु धेरै छन्

रवि कानुनी रुपमा फसेकै हुन्, अझ फस्ने ठाउँहरु धेरै छन्

  • मिडिया डबली
  • मंगलवार, माघ ९ २०८०

  • 2.2K
    SHARES

  • रवि कानुनी रुपमा फसेकै हुन्, अझ फस्ने ठाउँहरु धेरै छन्

     काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले सहकारी ठगी प्रकरण, गोर्खा मिडिया नेटवर्कको स्वेट सेयरअन्तर्गतको एक करोड ८० लाख आफ्नो खातामा हालेको विषयले उनी चर्चामा छन् ।

    सहकारीका बचतकर्ताको पैसाबाट रविको खातामा सेयर पैसा पुग्यो भन्ने आशयको चर्चाले बजार तातेको छ । रविको खातामा गोर्खा मिडियाले रकम नहाली सेयर ट्रान्सफर हुँदैनथ्यो ।

    तर, रविले सोहीवापतको रकम वा चेक जिबीलाई फिर्ता गरेको देखिएको छ । सेयर खरिदबिक्रीको व्यावहारिक पाटो यही हो ।

    कानुनी रुपमा रवि फसे, व्यावहारिक रुपमा उनी फसाइए । रविले सरकारलाई झन्डै ५० लाख रुपैयाँ (पाएको सेयर वापतको रकमको नियमानुसार ३९ प्रतिशत कर) तिर्नुपर्न रकम कानुनतः देखिन्छ ।

    व्यवहारमा उनले पाउँदै नपाएको रकमको दायित्व उनीमाथि छ । कानुनी रुपमा उनीमाथि छनविन हुन सक्छ । र, कानुन मात्र हेरेर खेद्ने हो भने उनले सो रकम तिर्नुपर्ने फैसला पनि हुनसक्छ ।

    त्यही भएर सोमबार पत्रकार सम्मेलनमार्फत रविले आफ्नो बैक खातामा पैसा नआएको जिकिर गरे । उनले आफू पूरै निर्दोष रहेको बताए । तर जिबीले कानुनी छिद्रमा रविलाई फसाउने गरी गरेको हर्कतले उनी उम्कन त्यति सहज छैन ।

    कानुनी र व्यावहारिक पाटो सधैँ मिल्दैन । उदाहरणका लागि– विवाह दर्ता, विवाह गरेको महिनौँपछि पनि गर्न मिल्छ । रवि कानुनी रुपमा फसेकै हुन्, अझ फस्ने ठाउँहरु धेरै छन् ।

    तर, व्यवहारमा उनी दोषी नहुन सक्छन् । व्यवहार र कानुन धेरै ठाउँमा फरक हुन्छ । रविले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूले दस्तखत गरेको बैंक स्लिप कम्पनी रजिस्ट्रार कार्यालयमा पुगेको पनि सार्वजनिक गरेका छन् ।

    मंगलबार कान्तिपुरले प्रकाशित गरेको समाचारमा पनि त्यो कागजबारे चर्चा गरिएको छ । रविले भलै आफूले एक करोड ८० लाख नलिए होलान् तर कानुनी रूपमा उनले गम्भीर गल्ती गरेकै हुन् ।

    जसरी हिजो दोहोरो नागरिकता प्रयोग गरेर उनले पछि त्यसलाई सच्याएका थिए, यसमा पनि त्यही ढंगले छानबिन हुने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend