सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नबिल बैंकको नाफा तीन अर्ब २० करोड, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकको नाफा तीन अर्ब २० करोड, निष्क्रिय कर्जा घट्यो

  • मिडिया डबली
  • आइतवार, माघ ७ २०८०

  • 1.7K
    SHARES

  • नबिल बैंकको नाफा तीन अर्ब २० करोड, निष्क्रिय कर्जा घट्यो

    काठमाडौं - नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। पुस मसन्तसम्म बैंकले तीन अर्ब २० करोड कमाएको छ ।

    गत आवको सोही अवधिमा बैंकले तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको निष्क्रिय कर्जा भने घटेको छ।

    पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत झरेको छ। गत आवको दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशत थियो। बैंकको वितरणयोग्य मुनाफा एक अर्ब आठ करोड ७८ लाख ७६ हजार रुपैयाँ छ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर आठ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

    पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँ छ। २७ अर्ब पाँच करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ६ २०७९१०:१३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend