आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेलाई अर्को संकट, सहकारी ठगीमा उजुरी

रवि लामिछानेलाई अर्को संकट, सहकारी ठगीमा उजुरी

  • मिडिया डबली
  • बुधवार, माघ ३ २०८०

  • 3.3K
    SHARES

  • रवि लामिछानेलाई अर्को संकट, सहकारी ठगीमा उजुरी

    काठमाडौँ -  सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध उजुरी दर्ता भएको छ ।

    अधिवक्ता युवराज सफलले कारबाहीको माग गर्दै बुधबार सहकारी विभागमा उजुरी दर्ता गरेका हुन् । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् ।

    ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदनमा भनिएको छ ।

    निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् । ‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रारज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

    तर रविले भने यसलाई अस्वीकार गर्दै आएका छन् । पोखराको सूर्यदशर्न र चितवनका सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ३२ करोड रुपैयाँ कर्जा लिइएको छ । कर्जा लिने बेला रवि नै नेटवर्कका एमडी थिए । सूर्यदर्शन सहकारीबाट त रविकै नाममा एक करोड कर्जा लिइएको छ ।

    गत वर्ष दोहोरो नागरिकता र राहदानी प्रयोग गरेको भन्दै युवराज सफलले नै रविविरुद्ध अदालतमा मुद्दा हालेका थिए । नागरिकता प्रकरणमा अदालतले रविविरुद्ध आदेश सुनाउँदै सांसद पद नै खारेज गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend