सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र

देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र

  • मिडिया डबली
  • मंगलवार, पौष २४ २०८०

  • 3.0K
    SHARES

  • देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र

    काठमाडौं - कुनै समय तराई मधेस नेपाली कांग्रेसको भोट बैंक मानिन्थ्यो ।

    अन्य जिल्लामा कांग्रेसले नजित्दा पनि तराई मधेसबाट शानदार प्रतिनिधित्व हुने गथ्र्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालाको पालासम्म पनि कांग्रेसले तराई मधेसलाई निकै प्राथमिकता दिने गरेको थियो ।

    तर १३ र १४औं महाधिवेशनपछि भने कांग्रेसले तराई मधेसलाई कम प्राथमिकता दिने गरेको छ । शेरबहादुर देउवा सभापति भएर आएपछि तराई मधेसलाई हेर्ने कांग्रेसको नजरमा फरक आएको छ ।

    केही गुटका नेतालाई च्याप्ने र उनीहरूलाई पटकपटक अवसर दिनेबाहेक देउवाले संगठन विस्तारमा समेत वास्ता गर्न छाडेका छन् । तराई मधेसमा कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, कृष्ण यादवलगायतका चर्चित नेताहरू छन् ।

    पछिल्लो समय निधिसँग देउवाको सम्बन्ध बिग्रियो । त्यसपछि उनले मधेसमा नेता भनेकै आनन्दप्रसाद ढुंगाना र रमेश रिजालबाहेक अरुलाई महत्व दिनै छाडेका छन् ।

    महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना, मधेस प्रदेशबाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रिय सभा मा पनि आनन्द ढुंगाना, यसबाट मधेस प्रदेशमा अरु मधेसी नेता छैनन् भन्ने आमकांग्रेसीमा पर्न गएको छ ।

    महाधिवेशन, मन्त्री बनाउँदा र अहिले राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले मधेसी नेता कार्यकर्तालाई उपेक्षा गरेका छन् । गत वर्षको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशमा ठूलो दल बन्न पुगेको थियो ।

    स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेसले धेरै जनप्रतिनिधि पाएको छ । तर त्यही मधेस अहिले देउवाको नजरमा उपेक्षामा परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend