काठमाडौं - राष्ट्रिय सभा सदस्यको भागबन्डामा कुरा नमिलेपछि नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहको छुट्टै बैठक बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा आफ्नो पक्षलाई चार सिट दिन सभापति नमानेपछि शेखर–गगन समूहको छुट्टै भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय जारी छ ।
इतर समूहले कांग्रेसले पाएका १० मध्ये चार सिट मागेको छ, तर सभापति देउवा यसका लागि तयार देखिएका छैनन् । देउवाले आफ्नो समूहमा भागबन्डा मिलाउन आठ सिट चाहिने भन्दै शेखर समूहलाई दुई सिट मात्र लिन दबाब दिएका छन् ।
त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गर्न इतर समूहको भेला बसेको हो ।
भेलामा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियारलगायत सहभागी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।