काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा उम्मेदवार छनोटको विषयमा छलफल गर्न शनिबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ ।
आगामी फागुनमा कांग्रेसका चार सांसदको कार्यकाल सकिँदैछ । कांग्रेसले आफ्नो पहिलाको चार सिट र थप ६ सिट दाबी गर्ने भएको छ ।
कांग्रेसका सातवटै प्रदेश समितिले करिब चार सयजनाको नाम सिफारिस गरेको छ । ती नाममध्येबाट उम्मेदवार छनोट हुनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।