मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

देउवा अर्को चुनावमा पनि गठबन्धन गर्ने मुडमा, युवा नेताहरूकै अगाडि दिए यस्तो संकेत

देउवा अर्को चुनावमा पनि गठबन्धन गर्ने मुडमा, युवा नेताहरूकै अगाडि दिए यस्तो संकेत

  • मिडिया डबली
  • मंगलवार, पौष १० २०८०

  • 3.0K
    SHARES

  • देउवा अर्को चुनावमा पनि गठबन्धन गर्ने मुडमा, युवा नेताहरूकै अगाडि दिए यस्तो संकेत

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०८४ को निर्वाचनमा पनि गठबन्धन गरेरै जाने संकेत दिएका छन् ।

    पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताइरहेका बेला सभापति देउवाले भने गठबन्धन गरेरै जाने संकेत गरेका हुन् ।

    कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए। देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि उल्लेख गरे।

    ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ,’ उनले भने ।

    देउवाले अरु दलसँग मिलेर चुनावमा गए कांग्रेस ठूलो दल बन्ने दाबी गरे ।

    यसले पनि उनी अझै पनि माओवादी वा अरु दलसँग गठबन्धन गर्ने पक्षमा रहेको पुष्टि हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend