आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको सिको गर्दै नारायणगढ–बुटवल सडकमा पदयात्रामा रवि लामिछाने

एमालेको सिको गर्दै नारायणगढ–बुटवल सडकमा पदयात्रामा रवि लामिछाने

  • मिडिया डबली
  • सोमवार, पौष ९ २०८०

  • 1.5K
    SHARES

  • एमालेको सिको गर्दै नारायणगढ–बुटवल सडकमा पदयात्रामा रवि लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई वैकल्पिक शक्ति भनेर स्टन्टबाज गरिरहेका छन् ।

    जनताले पनि पुराना दलको रिस फेर्न रविको पार्टीलाई राम्रै स्थानमा विराजमान गरिदिएका छन् । यसपछि रवि अहिले मिसन ८४ भनेर लागेका छन् । तर पार्टी स्थापना भएको डेढ वर्षमा रवि लामिछाने जति विवादमा कमै मानिस तानिएका छन् ।

    न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम गरेर चर्चा कमाएका रवि पार्टीको सभापति भइसक्दा पनि त्यस्तै स्टन्टबाजी गर्न लागिरहेकै छन् । यतिबेला पोखराको सूर्यदर्शन सहकारीको अर्बौं घोटाला काण्डमा रवि पनि मुछिएका छन् । सोही कारण उनीमाथि पोखरामा खोया प्रहार पनि भयो ।

    सो सहकारीबाट रविले एक करोड रुपैयाँ लिएको खुलेको छ । ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसँग मिलेर रविले कम्पनी खोलेका थिए ।

    जसमा उनको १५ प्रतिशत सेयर पनि थियो । पोखरामा खोया प्रहार भेटेपछि रवि अहिले अर्को स्टन्टबाज गर्न लागिरहेका छन् ।

    सोमबारदेखि रास्वपाले नारायणगढ–बुटवल सडक मार्च गर्न लागेका छन् । सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारलाई जानकारी गराउन रास्वपाले सडक मार्च गर्न लागेको दाबी गरेको छ ।

    जबकि यो सडक निर्माणमा भएको ढिलाइबारे मिडियाले हरेक दिनजसो समाचार दिइरहेका छन् । तर लोकरिझ्याइँ मनपराउने रविले एमालेको मध्यपहाडी पदयात्राको नक्कल गरेको सो पार्टीका नेताहरुले आरोप लगाएका छन् । ‘कोही काम गरेर जस पाउँदैनन्, कोही स्टन्ट गरेर चर्चा कमाउँछन् ।

    नारायणगढ–बुटवल बाटो विस्तार गर्ने योजना केपी ओलीको प्रधानमन्त्रीत्वमा अर्थमन्त्री विष्णु पौडेलले अघि सार्नुभएको हो । त्यसपछि बनेका सरकारले ध्यान नदिँदा अस्तव्यस्त छ र यात्रुले दुःख पाएका छन् ।

    यात्रुको त्यही दुःखको संवेदनामा खेलेर अटेन्सन सिक गर्न रविजीहरु पैदलयात्राको स्टन्ट गर्दैछन् । काठमाडौँमा माइतीघरदेखि तीनकुनेसम्मको बाटो विस्तार एउटाले गर्यो, पिच अर्काले गर्यो, पुल अर्कैले बनायो ।

    अहिले बालेनजीले दुई–चार लाखको बत्ती जोडेर वाहवाही लुटिरहनुभएको छ । पपुलिज्ममा यही र यस्तै हुन्छ । एउटाले गर्छ, अर्काले फाइदा लिन्छ । बोलेर पिठो मात्र बिकेको हो । यो सत्य हो– ुपपुलिज्मुको आयु धेरै हुन्न,’ एमाले नेता विष्णु रिजालले भन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend