काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि सुरु हुने भएको छ ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
देउवाले बिहान साढे ८ बजे सम्मेलनको औपचारिक रुपमा समुदघाटन गर्ने कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारी र अन्य शीर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तालिका रहेको जानकारी दिइयो ।
पार्टीलाई विधानबमोजिम सञ्चालन, जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न र पार्टीभित्रको आन्तरिक निर्वाचन प्रणाली तथा राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त थप समावेशी बनाउन सम्मेलनमा छलफल हुने बताउँदै यसले पार्टीलाई गतिशील र चलायमान बनाउन बल पुग्ने सभापति बानियाँले बताए ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सासंद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा बागमती प्रदेशका ११९ पालिका सभापतिहरु सहभागी हुने कांग्रेस बागमती प्रदेश प्रवक्ता एवं प्रचारप्रसार समिति संयोजक तिलक रुवालीले जानकारी दिए । सम्मेलनमा कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनद्वारा राजनीतिक प्रतिवेदन, महामन्त्री कन्चनचन्द्र वादेले सांगठानिक, महामन्त्री राजु श्रेष्ठले बार्षिक कार्यतालिका तथा कोषाध्यक्ष दीर्घमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।