मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

धरौटीमा छुटेका खाँणले देउवा क्याम्प छाड्ने, यस्तो बन्दैछ कांग्रेसमा समीकरण

धरौटीमा छुटेका खाँणले देउवा क्याम्प छाड्ने, यस्तो बन्दैछ कांग्रेसमा समीकरण

  • मिडिया डबली
  • बुधवार, पौष ४ २०८०

  • 11.5K
    SHARES

  • धरौटीमा छुटेका खाँणले देउवा क्याम्प छाड्ने, यस्तो बन्दैछ कांग्रेसमा समीकरण

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका बालकृष्ण खाँणले उनको क्याम्प छाड्ने संकेत देखिएको छ ।

    भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका पूर्वगृहमन्त्री खाँण धरौटीमा छुटेपछि अहिलेसम्म देउवालाई भेट्न धुम्बाराही गएका छैनन् ।

    उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको थियो ।

    अख्तियारले हाजिर जमानीमा छाडे पनि विभागले १५ लाख धरौटीमा खाँणलाई रिहा गरेको थियो । रिहा भएलगत्तै खाँण कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई लिएर कुम्भेश्वरस्थित बंगलामुखी मन्दिरको दर्शन गर्न गएका थिए ।

    त्यसयता उनी कसैको सम्पर्कमा छैनन् । खाँण छुटेपछि कांग्रेसभित्र सरकार परिवर्तनको विषय चर्कोरूपमा उठेको छ । सकभर सभापति देउवालाई दबाब दिएर सत्ता परिवर्तन गर्न बाध्य बनाउने, देउवा नमानेमा संसदीय दलको नेता नै परिवर्तन गरेर भए पनि अघि बढ्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

    खाँण छुट्ने संकेत देखेपछि कांग्रेसको इतर समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्न हरसम्भव प्रयास गर्ने र समूहबाट नेता शेखर कोइरालाई अगाडि सार्ने निष्कर्ष निकालेको छ ।

    गत पुसमा भएको संसदीय दलको नेताको निर्वाचनमा देउवाले ६३ र महामन्त्री गगन थापाले २५ मत ल्याएका थिए । कोइरालालाई संसदीय दलको नेतामा अगाडि सारेमा बढी मत आउने आकलनमा सो पक्ष छ ।

    त्यसमा खाँणले सहयोग गरेमा बहुमत ल्याउन सकिने भन्दै कोइरालासहितका नेताहरू खाँणलाई फकाउन लागेका छन् । शेखरले खाँणलाई कारागारमा पुगेर दुईपटक भेटेका थिए । तर देउवा निकट नेता भने एनपी साउदबाहेक कोही पनि गएनन् । आफूलाई छुटाउन देउवाले सहयोग नगरेको बुझाई खाँणको छ ।

    यदि खाँणले देउवा क्याम्प छाडेमा प्रचण्डपछि कांग्रेसबाट अर्कै नेता प्रधानमन्त्री बन्ने निश्चित छ । बुझिएअनुसार खाँणसँग कम्तीमा १४ सांसद छन् ।

    यदि खाँण शेखर समूह प्रवेश गरेमा कांग्रेसमा अर्कै सिनारियो देखिने बताइन्छ । अहिलेसम्म खाँण खाण पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय देउवाले शेखरलाई च्याप्नुको अर्थ पनि खाँणलाई अप्ठेरोमा पार्नु रहेको धुम्बाराही स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend