मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पार्टीको संगठनभन्दा देउवालाई गठबन्धन प्यारो, यस्तो रहेछ कारण

पार्टीको संगठनभन्दा देउवालाई गठबन्धन प्यारो, यस्तो रहेछ कारण

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 2.8K
    SHARES

  • पार्टीको संगठनभन्दा देउवालाई गठबन्धन प्यारो, यस्तो रहेछ कारण

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैंटौंपटक प्रधानमन्त्री बन्ने दौडमा छन् ।

    अबको एक वर्षपछि देउवा प्रधानमन्त्री हुने कि नहुने भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा निर्भर छ ।

    भद्र सहमतिअनुसार प्रचण्ड दुई र देउवा तीन वर्ष प्रधानमन्त्री बन्ने भन्ने छ ।

    तर गठबन्धनमा तलवितल परेमा छैंटौपटक प्रधानमन्त्री बन्ने सपना देउवाको चकनाचुर हुनेछ ।

    सोही कारण अहिले देउवा पार्टीको संगठनभन्दा पनि गठबन्धनमा दरार नआओस् भनेर लागिपरेका छन् । त्यसका लागि उनले महासमिति बैठकसमेत पटकपटक सार्दै आएका छन् ।

    १४औं महाधिवेशनबाट पार्टी पदाधिकारीहरूमा युवा नेताहरूको उदय भए पनि देउवा एकलौटी रूपमा पार्टी चलाउन व्यस्त छन् ।

    कार्यकर्ता र जनआक्रोशलाई वास्ता नगरी महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिको बैठक राष्ट्रियसभाको चुनाव र ठण्डीको बहाना बनाएर तेस्रोपटक उनले सारेका छन् ।

    अहिलेको सत्तागठबन्धनलाई भड्किन नदिन भनेर जुन कारण देखाइयो, त्यो कांग्रेसका लागि लाभदायक नरहेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।

    गत साउनमा बसेको केन्द्रीय समिति बैठकले मंसिर दोस्रो साताका लागि महासमिति बैठक तय गरेकोमा तयारी, जाजरकोट भूकम्प र आसन्न राष्टियसभा सदस्य निर्वाचनलगायत कारण देखाउँदै तेस्रोपटक सारेर फागुन ७ देखि १० गतेसम्म पुर्‍याइएको छ ।

    चौधौं महाधिवेशनमै ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय भएकोमा देउवाले नीति महाधिवेशन आयोजना हुन त दिएनन् नै, नीति महाधिवेशनको समेत काम गर्ने गरी बस्ने भनिएको महासमिति बैठक पनि अनिश्चित बनाउँदै लगेका छन् ।

    पदाधिकारी, कार्यसम्पादन र केन्द्रीय समिति सबै तहमा बहुमतमा रहेका देउवाले आफ्नो चाहनाअनुसार निर्णय गराउने गरेका छन् ।

    कहिले पदाधिकारीका नाममा त कहिले कार्यसम्पादन समितिको नाममा निर्णय गराउने र आफू अनुकूल पार्टी सञ्चालन गर्ने देउवाको कार्यशैली पछिल्लोपटक कार्य सम्पादन समितिको बैठकमा पनि देखियो ।

    नेता शेखर कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू महासमिति बैठक सार्न नहुने पक्षमा रहे पनि देउवाले नै बैठक सार्ने निर्णय गराए ।

    माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा आफू अनुकूलका उम्मेदवार तय गर्न र गठबन्धनमा भागबन्डा गर्न आफूलाई असहज हुने अवस्था देखेपछि देउवाले पार्टीको महासमितिको बैठक धकेलेको नेताहरुको बुझाई छ ।

    दुई दुई महिनामा बस्ने भनिएको केन्द्रीय समितिको बैठक पनि देउवाले बोलाउन चाहेका छैनन् ।

    महासमिति र नीति महाधिवेशन दुवै गर्न नसकेको अवस्थामा कांग्रेसले महासमिति बैठक बोलाउने र त्यही बैठकमा नीतिबारे गर्नैपर्ने छलफलसमेत गर्ने योजना बनाए पनि सभापति देउवा महासमिति बैठकमा आउने राजनीतिक प्रस्ताव र त्यसबाट आफूमाथि पर्न सक्ने दबाबबाट समेत जोगिन पटकपटक महासमिति बैठक धकेल्ने अभियानमा लागेका हुन् ।

    छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवालाई पार्टीको महासमिति बैठकमा आउने प्रस्ताव र निर्णयबाट माहोल बिग्रिएला भन्ने चिन्ता देखिएको कांग्रेसका एक नेताले बताए ।

    यसले पार्टीको साखमा ठूलो धक्का लाग्ने परिस्थिति उत्पन्न भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend