काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
दिउँसो १२.१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ मा तय महासमिति बैठक सार्ने प्रस्ताव राख्ने बुझिएको छ ।
अहिले बैठक राख्दा राष्ट्रिय सभा निर्वाचनमा किचलो निस्कने र मन्त्रीहरू परिवर्तनको माग उठ्ने बहाना बनाएर देउवाले महासमिति बैठक फागुनमा सार्ने मनस्थिति बनाएको उनी निकट नेताले जानकारी दिए ।
महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गर्नुपर्ने हुन्छ ।
तर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक डाक्नुको उद्देश्य नै महासमिति बैठक सार्ने रहेको बताइन्छ ।
हालै सम्पन्न संस्थापन इतर समूहको भेलामा महासमिति बैठक जुनसुकै हालतमा पुसमै गर्नुपर्ने नेताहरुले धारणा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।