मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाले ०८२ मा महाधिवेशन नगराउने संकेत

देउवाले ०८२ मा महाधिवेशन नगराउने संकेत

  • मिडिया डबली
  • बिहिवार, मंसिर २८ २०८०

  • 3.7K
    SHARES

  • देउवाले ०८२ मा महाधिवेशन नगराउने संकेत

    काठमाडौं - यदि राजनीतिक सरल ढंगले अघि बढेमा २०८२ मा नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने हो ।

    हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन हुने विधानमा उल्लेख छ । तर यसपटक सभापति शेरबहादुर देउवा तोकिएकै समयमा महाधिवेशन गराउन इच्छुक देखिएका छैनन् ।

    अहिलेकै विधानअनुसार देउवा अब तेस्रो कार्यकालका लागि सभापति उठ्न पाउँदैनन् । त्यही भएर उनी एक वर्ष भए पनि कार्यकाल लम्ब्याउन चाहन्छन् ।

    त्यसको संकेत पुसमा महासमिति बैठक राख्न नचाहनुले स्पष्ट हुन्छ । देउवाको यही रणनीति बुझेरै कांग्रेसको संस्थापन इतर समूहको बुधबारको भेलामा महामन्त्री गगन थापाले संसदीय दलको नेता फेर्नुपर्ने प्रस्ताव गरे ।

    उनले नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्तावसमेत गरे । एक वर्षअघि थापा दलको नेतामा देउवासँग भिडेका थिए । तर पराजित हुन पुगे ।

    बुधबारको भेलामा महामन्त्री थापाले दलको नेतामा सभापति देउवाको विकल्पमा कोइरालालाई अघि सार्ने प्रस्ताव ल्याएका थिए ।

    थापाले संसदीय दलमा कोइरालालाई अगाडि सार्ने र ०८२ मा महाधिवेशन सुनिश्चित गर्ने बाटोमा अगाडि बढ्न प्रस्ताव गरेको देखिन्छ ।

    यदि दलको नेता अर्को व्यक्ति भएमा महाधिवेशन २०८२ मै निश्चित हुने उनको विश्वास छ । तर, थापाको प्रस्तावमा कोइरालाले कुनै प्रतिक्रिया दिएका छैनन् । यसले शेखरले पनि २०८२ मा महाधिवेशन होस् भन्न नचाहेको हो कि भन्ने अनुमान गरिएको छ ।

    ‘१४औँ महाधिवेशनपछिका तीन तहको निर्वाचनमा उम्मेदवार छनोटमा कुनै मापदण्ड बनाइएन । उम्मेदवारी छनोटमा नेतृत्व अन्यायपूर्ण र विभेदपूर्ण भयो । सभापति आफैँ आफ्नो गुटको संरक्षक बन्नुभयो । आफ्नो समूहमा रहेकालाई एउटा व्यवहार, समूहमा नभएका र महाधिवेशनमा मत नदिएकालाई अर्को नजर गर्नुभयो,’ उनले भेलामा भनेका थिए, ‘यसपटकको राष्ट्रिय सभा निर्वाचनमा संविधानको भावनाअनुसार योग्यमध्येबाट अहिलेसम्म अवसर नपाएका तथा यसअघिका निर्वाचनमा भाग नलिएकाहरू जाने र दोस्रो न्यायोचित हुनुपर्छ भन्ने हो । टिकट बाँड्दै गर्दा सभापति सिंगो कांग्रेसको सभापति बन्नुपर्छ भन्ने हाम्रो दबाब रहनेछ ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अबको एक वर्ष मात्रै हो सरकारको नेतृत्वमा रहने । त्यसपछि सहमतिअनुसार कांग्रेसको सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

    तर देउवालाई प्रधानमन्त्री हुन नदिन पार्टीमै किचलो झिक्न खोजिएकालाई राम्रो मानिएको छैन । यदि देउवा प्रधानमन्त्री बने भने २०८२ मा कांग्रेसको महाधिवेशन नहुने, ०८४ को आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्ने हो कि भन्ने संशयमा महामन्त्री थापा परेको देखिन्छ । यसलाई धेरैले अझ बुझ्न सकेको देखिन्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend