आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि मधेस पसेपछि बिच्किए सिके राउत

रवि मधेस पसेपछि बिच्किए सिके राउत

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २२ २०८०

  • 3.2K
    SHARES

  • रवि मधेस पसेपछि बिच्किए सिके राउत

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार अभियान तीव्र पारेको छ ।

    ५२ लाखभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभाको सिट छ । त्यही कारण रवि लामिछानेले मधेस पस्ने निर्णय गरे । केही समयअघि रास्वपा मधेसका विभिन्न जिल्ला पुगेर संगठन विस्तार गरेको थियो ।

    मधेसमा जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको पनि राम्रै पकड छ । नेपाली कांग्रेस, एमाले, माओवादीको परम्परागत भोट बैंक मधेस नै हो । एक वर्षअघिको निर्वाचनमा मधेसबाट सिके राउतको जनमत पार्टीले राम्रो सफलता पाएको थियो ।

    त्यसमै लोभिएर रवि लामिछाने मधेस झरेका हुन् । रवि मधेस नपस्दासम्म अर्को निर्वाचनमा रास्वपा र जनमत पार्टीबीच सहकार्य हुने चर्चा चलेको थियो । तर जब रवि मधेस पसे, अहिले सिके राउत बिच्किएका छन् । रास्वपाका अध्यक्ष रवि लामिछाने र सीके राउतबीच राम्रो सम्बन्ध रहँदै आएको छ ।

    दुवै दल अहिले ‘मिसन ०८४’ सञ्चालन गरिरहेका छन् । दुवै नयाँ शक्ति भएका कारण मधेसमा चुनावी गठबन्धन हुने आकलन सबैतिर भइरहेको छ ।

    मधेसमा स्वतन्त्र पार्टीले इन्ट्री गरेपछि सबैभन्दा बढी घाटा जनमत पार्टीलाई नै हुने देखिएको छ । जनमत पार्टी र स्वतन्त्र पार्टीको मतदाता जेनरेसन एउटै हो । मधेसमा मधेसवादी दलमा जसपा र जनमत पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    स्वतन्त्र पार्टी मधेसमा सक्रिय भयो भने जनमत पार्टीलाई नै घाटा हुने टिप्पणी भइरहेका छन् । स्वतन्त्र पार्टीको पहाडमा जस्तो क्रेज छ, त्यस्तो क्रेज तराई मधेसमा देखिएको छैन ।

    तराई मधेसमा पार्टी सञ्चालन गर्न स्वतन्त्र पार्टीमा त्यो अनुसारका नेता देखिएका छैनन् । मधेसमा नेतृत्व गर्न सक्ने नेताको अभावका कारण संगठन बनाउन रास्वपालाई गाह्रो हुने जानकारहरु बताउँछन् ।

    त्यसले गर्दा मधेसमा टिक्नका लागि जनमतसँग चुनावी तालमेल गरेर बलियो शक्ति बन्ने सपना रवि लामिछानेले देखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend