काठमाडौं - नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको चीन तीर्थ यात्रा रोकिएको छैन ।
एकपछि अर्को नेताहरू बेइजिङ पुग्ने क्रम जारी छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीनबाट फर्किएको दुई साता नबित्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा एक टोली बेइजिङ पुगेको छ ।
वैशाखयता मात्र चीनले नेपालका एमाले, माओवादी, एकीकृत समाजवादीका शीर्ष नेतालाई बेइजिङ बोलाइसकेको छ । यसबीचमा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ चीन पुगेर फर्किसकेका छन् ।
विभिन्न सेमिनार र एक्स्पोको नाममा चीनले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलाई इन्गेज्ड गरिरहेको छ । एमाले, माओवादी, एकीकृत समाजवादीलाई एकता गराउने प्रयासका नाममा चीनले तारान्तार भ्रमण गराइरहेको बुझिएको छ ।
तर, एमाले महासचिव शंकर पोखरेलले माओवादीसँग पार्टी एकता नहुने स्पष्ट सन्देश बेइजिङलाई सुनाइसकेका छन् । तर पनि बेइजिङले नेताहरुलाई बोलाउन छाडेको छैन ।
चीनबाट पनि हरेक महिनाजसो उच्चस्तरीय भ्रमण टोली नेपाल आउने र नेताहरुलाई भेटेर फर्किने गरेको छ । यसले नेपालमा चीनको प्रभाव कतिसम्म छ भन्ने स्पष्ट हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।