गुल्मी- सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कुलमान घिसिङको नियुक्तीबारे कुरा गरेका छन् । उनले प्रधानमन्त्री ओलीले मुलुक लोडसेडिङ्ग मुक्त पार्ने संकल्प पुरा गरेको र त्यसको सारथी कुलमान घिसिङ पनि भएको बताएका छन् ।
बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंग गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
पत्रकारसामु बोल्दै मन्त्री ज्ञवालीले भने– ‘सम्माननीय प्रधानमन्त्री ओलीज्युले जिम्मेवारी सम्हालेपछि मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने संकल्प गर्नुभएको थियो । उहाँले त्यस्तो संकल्प गर्दा ब्यंग्य गर्नेहरु पनि थिए, आखिर मुलुक लोडसेडिङ्गमुक्त भएरै छाड्यो नि होइन र ?’
मन्त्री ज्ञवालीले घिसिङ सारथी भएको बताउँदै सरकारले चाहे पुर्ननियुक्त हुन सक्ने बताउका हुन् । उनले थपे, ‘जुन संकल्प पुरा गर्नमा कुलमान घिसिङ सारथी बन्नुभयो ।’ सरकारले घिसिङलाई पुनर्नियुक्ति गर्नसक्छ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।