काठमाडौं - कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयले नैतिक संकटमा परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।
सोमबार सोमबार अपराह्न ४ बजे उनले धुम्बाराहीस्थित आफ्नो निवासमा डाकेका हुन् । कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि देउवाले उपसभापति र महामन्त्रीसँग कुराकानी गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसका महामन्त्री थापार शर्माले कोशी मुख्यमन्त्री चयन गर्दा सभापति देउवा र नेता शेखर कोइरालाले संस्थागत रूपमा छलफल नगरेकोमा असन्तुष्टि जनाउँदै आएका छन् ।
महामन्त्री शर्माले त आफूहरूलाई लगातार आक्षेप लगाइएकोमा आपत्ति जनाउँदै समयक्रममा सबै खुल्ने बताइसकेका छन् । देउवाले सहमहामन्त्रीहरूलाई भने बोलाएका छैनन् । कांग्रेसमा ६ जना सहमहामन्त्री छन् ।
नेता शेखर कोइरालाको व्यक्ति महत्वाकांक्षाको उपज कोशीको नयाँ सरकार भएको भन्दै कांग्रेसमै असन्तुष्टि छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले बुधबार नै विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले कस्तो निर्णय लिने भन्ने विषयमा छलफल गर्न देउवाले उपसभापति र महामन्त्रीलाई आफ्नो निवासमा डाकेका हुन् ।
सभापति देउवाले सत्ता गठबन्धनबाट कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमतिमा हस्ताक्षर गरेका थिए। तर नेता शेखर कोइराला पक्षका कोशीका आठ सांसदले उक्त निर्णय अस्वीकार गरेर कार्कीलाई अघि सारेका थिए।
४७ सांसदको हस्ताक्षर सशरीर उपस्थित भएर बुझाएकाले प्रमेख प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।