काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्।
असोज १० देखि रुघाखोकी र टन्सिल भएपछि उनले राजनीतिक भेटघाट गरेका छैनन्। हाल उनी धुम्बाराहीस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । एक सातादेखि देउवा सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् ।
उमेरले ८० वर्ष लाग्न लागेका देउवामा अहिलेसम्म कुनै दीर्घरोग भने देखिएको छैन । गत पुस १० मा प्रधानमन्त्रीबाट हटेका देउवा त्यसको केही समयपछि मात्रै धुम्बाराहीमा घरभाडामा लिएर सरेका हुन् ।
बुढानिलकण्ठस्थित निवास मर्मत भइरहेकाले उनी अझैसम्म धुम्बाराहीमै बस्दै आएका छन् । छोरा जयवीरसिंहको बिहे गर्ने बेला मात्रै देउवा परिवार बुढानिलकण्ठ सर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।