आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोशीमा मध्यावधि निर्वाचनको दाउ हेर्दै रवि लामिछाने

कोशीमा मध्यावधि निर्वाचनको दाउ हेर्दै रवि लामिछाने

  • मिडिया डबली
  • बुधवार, आश्विन १० २०८०

  • 3.7K
    SHARES

  • कोशीमा मध्यावधि निर्वाचनको दाउ हेर्दै रवि लामिछाने

    काठमाडौं - कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको अल्पमतको सरकार छ । एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् ।

    कार्की मुख्यमन्त्री बनेको २० दिन पुगिसकेको छ । उनले असोज २० गतेभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । तर एमालेसँग बहुमत पुग्ने सांसद छैनन् ।

    ऊसँग ४० सांसद छन् । बहुमत ल्याउन ४७ सांसद चाहिन्छ । विपक्षीमा रहेको राप्रपाले पनि अहिले एमालेलाई साथ दिइरहेको छैन । विश्वासको मत लिने बेला राप्रपाले तठस्थ बस्ने नीति लिएको छ ।

    त्यसैले कोशीमा एमाले नेतृत्वको सरकारको आयु अब १० दिन मात्र बाँकी रहेको आकलन गरिएको छ । यदि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन सकेनन् भने मध्यावधि निर्वाचन घोषणा हुने धेरैले अनुमान गरेका छन् ।

    राजनीति हो यस्तै हुन्छ भनेर भविष्यवाणी गर्न कसैले सक्दैन । यदि मध्यावधि निर्वाचन भएमा भने त्यसको सबैभन्दा ठूलो क्षति एमाले र नेपाली कांग्रेसले बेहोर्नुपर्ने हुनसक्छ । एमाले प्रदेशको पहिलो ठूलो दल हो ।

    कांग्रेस दोस्रो ठूलो दल हो । माओवादी, राप्रपा, एकीकृत समाजवादी र जसपा प्रदेश सभामा छन् । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना पनि सांसद छैनन् ।

    त्यसैले यदि कोशीमा मध्यावधि निर्वाचन घोषणा भएमा त्यसको सबैभन्दा बढी फाइदा रास्वपालाई हुने बुझाई सभापति रवि लामिछानेको छ ।

    अहिले उनी कोशी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तार अभियानमा केन्द्रित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला संगठन विस्तारको अभियानमा लागेको छ ।

    देशभर जनताको गुनासो सुन्ने कार्यक्रम लिएर हिँडेको रास्वपाको प्रमुख ध्यान कोशी प्रदेशमा केन्द्रित भएको छ । सत्ता संकटले कोशीमा सरकार अस्थिर बनिरहेको छ । वैशाखयता कुनै पनि सरकारले एक महिना कट्न पाएको छैन ।

    २०–२५ दिनमा सत्ताको बागडोर परिवर्तन भइरहेकाले कोशीमा चाँडै मध्यावधि निर्वाचन घोषणा हुने अपेक्षा रास्वपाले गरेको छ ।

    मध्यावधि निर्वाचनलाई ध्यान दिँदै रास्वपाले पार्टीको सम्पूर्ण तागत अहिले कोशीका विभिन्न जिल्लामा लगाएको छ ।

    पार्टी सभापति लामिछानेदेखि महासचिव मुकुल ढकाल, केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ, निशा डाँगीलगायत सबै कोशीका इलाम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्ला पुगेर कार्यक्रम गरिरहेका छन् ।

    मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा रास्वपाले भाग लिएको थिएन । जसकारण सातै प्रदेश सरकार गठन र सञ्चालनमा रास्वपाको भूमिका शून्य छ । रास्वपा सभापति लामिछानेले प्रदेश सभाका कुनै उम्मेदवारलाई पनि भोट हालेका थिएनन् ।

    त्यसैले रास्वपा संघीयता विरोधी पार्टीको रूपमा चित्रित हुँदै आएको छ । तर झन्डै एक वर्षको दौरानमा रास्वपाले आफूलाई संघीयताको पक्षधर पार्टीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

    त्यसका लागि कोशीमा मध्यावधि निर्वाचन भएमा भाग लिने र उम्मेदवार उठाउने रास्वपाको भित्री तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend