बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि उपेन्द्र यादव तनावमा, बोलाए आकस्मिक बैठक

गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि उपेन्द्र यादव तनावमा, बोलाए आकस्मिक बैठक

  • मिडिया डबली
  • बुधवार, श्रावण २४ २०८०

  • 2.5K
    SHARES

  • गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि उपेन्द्र यादव तनावमा, बोलाए आकस्मिक बैठक

    काठमाडौं - सरकारले रौतहटको गौरमा १७ वर्षअघि गरिएको सामूहिक हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ ।

    गृह मन्त्रालय र गौर हत्याकाण्डपीडित मंगलबार संघर्ष समितिबीच भएको पाँचबुँदे सहमतिपछि ‘गौर हत्याकाण्ड’को अनुसन्धान हुने भएको हो । गृह मन्त्रालयले मातहतका निकायलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएसँगै अनुसन्धान अघि बढ्ने भएको छ ।

    अनुसन्धान जहाँ पुगेको छ, त्यही बिन्दुबाट अघि बढाइनेछ र दोषीलाई कारबाही गरिने बताइएको छ । संघर्ष समिति र गृह मन्त्रालयबीच मंगलबार हत्याकाण्डको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

    सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रूपसागर देवीले हस्ताक्षर गरेका छन् ।

    गृह प्रवक्तासमेत रहेका सहसचिव भट्टराईले गौर हत्याकाण्ड अनुसन्धान गर्न संघर्ष समितिसँग सहमति भएको बताए । गृहका अनुसार अनुसन्धान प्रक्रिया तुरुन्तै अगाडि बढाइनेछ ।

    जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरीलाई तुरुन्तै निर्देशन दिने गृहको तयारी छ । विगतकै जाहेरीका आधारमा अनुसन्धान अगाडि बढ्नेछ । ७ चैत ०६३ मा रौतहटको सदरमुकाम रंगेलीमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एकै स्थानमा आमसभा आयोजना गरेका थिए । त्यसक्रममा झडप भएको थियो ।

    घटनामा माओवादीका २९ जना कार्यकर्ता र समर्थकलाई लखेटी–लखेटी भाला र बाँसका कप्टेरोले घोचेर हत्या गरिएको थियो । घटनालगत्तै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, राजनीतिक दबाबका कारण हालसम्म अनुसन्धान हुन सकेको छैन ।

    हत्याकाण्डको अनुसन्धान गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूपटक–पटक राष्ट्रिय मानव अधिकार आयोगदेखि अदालत धाएका थिए ।

    आयोगले घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । आयोगले तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेता हत्यामा संलग्न रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टीले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाइएको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ ।

    गौर हत्याकाण्डको फाइल खुलेसँगै उपेन्द्र यादव तनावमा छन् । उनकै निर्देशनमा हत्याकाण्ड भएको आरोप लाग्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १८ २०८००२:२२:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend