बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

  • मिडिया डबली
  • बिहिवार, श्रावण १८ २०८०

  • 1.6K
    SHARES

  • गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    काठमाडौं - गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।

    बुधबार बसेको संघर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रमलाई थप सशक्त र ब्यापक बनाउने तथा काठमाडौं केन्द्रित बनाउने चेतावनीसमेत दिएको छ ।

    आफूले अघि सारेका माग सम्बोधन गर्न राज्य उदासीन भइरहे आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘सरकारको भूमिकामा सुधार नआए हाम्रो रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने विषय पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    रौतहटमा जारी आन्दोलनलाई मधेसका थप जिल्लाहरुमा उठान गर्ने निर्णयसमेत बैठकले गरेको छ । संघर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पीडितले मधेश प्रदेशको आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छन् ।

    १७ वर्षअघि तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइतेसमेत भएका थिए ।

    फोरमका अध्यक्ष उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका हुन् ।

    gaur_hatyakand.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २४ २०८०१२:३६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend