काठमाडौँ - नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएको छ । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा सभापति शेरबहादुर देउवाले थप ७१० जनालाई मनोनीत गरेका हुन् ।
यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि बल्ल केन्द्रीय समिति पाएका छन् ।
महाधिवेशनको सट्टा मनोनीत गर्ने परम्परा बस्दा नेताहरुबीच आफूनिकटका कार्यकर्तालाई पुरस्कार दिएर भ्रातृसंस्थामा भीड जम्मा गर्ने प्रतिस्पर्धा चलेको छ ।
सभापति देउवाले नेता शेखर कोइरालासहित पार्टीका नेताहरुले नाम दिएका आधारमा ७७ वटै जिल्लाबाट ७१० जनालाई मनोनीत गरेका हुन् । अब नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनेको छ ।
नेविसंघमा मनोनयन गर्न ढिलासुस्ती भएको भन्दै यसअघि बसेको केन्द्रीय कार्यसमितिमा विरोध भएको थियो । बैठकले सभापति देउवालाई भदौसम्ममा भ्रातृ संस्थाहरुलाई पूर्णता दिन जिम्मेवारी तोकेको छ ।
नेविसंघको केन्द्रीय सदस्यमा मकवानपुरबाट मिलन पुडासैनी, सन्तोष गौतम, उमेश स्याङ्तान, रोजी गौतम र सतिस बगाले मनोनीत भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।