बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

७५ दिनपछि बागमतीका मुख्यमन्त्रीले दिए कांग्रेसका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी

७५ दिनपछि बागमतीका मुख्यमन्त्रीले दिए कांग्रेसका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 2.5K
    SHARES

  • ७५ दिनपछि बागमतीका मुख्यमन्त्रीले दिए कांग्रेसका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी

    काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस सांसद रामकृष्ण चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    विना विभागीय मन्त्री बनेको ७५ दिनपछि चित्रकारले आइतबार विभागीय जिम्मेवारी पाएका हुन् । बागमती प्रदेशमा कांग्रेसले ६, माओवादीले पाँच र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय पाएका छन् ।

    पर्यटन मन्त्रालयअन्तर्गतको उद्यागे र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय झिकेर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको मन्त्री चित्रकारले जानकारी दिए ।

    साढे दुई महिनासम्म पनि मुख्यमन्त्री जम्कट्टेलले चित्रकारलाई विभागीय मन्त्रालयको जिम्मेवारी नदिएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कांग्रेसबाट मन्त्री बनेका सबैले सामूहिक राजीनामाको तयारी गरेका थिए ।

    सोही कारण मुख्यमन्त्री जम्कट्टेलले आइतबार उनलाई विभागीय जिम्मेवारी दिएका हुन् । कांग्रेस माओवादीले पाएको भौतिक पूर्वाधार मन्त्रालय टुक्र्याउन प्रस्ताव गरेको थियो ।

    तर मुख्यमन्त्री तयार भएनन् । कांग्रेसकै मन्त्रालय र आफूले जिम्मेवारी सम्हालेको मन्त्रालय टुक्राएर उनले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १५ २०७८१०:०३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend