बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

महामन्त्रीले प्रस्ताव गरेको वार्षिक क्यालेन्डर लागू गर्ने कि नगर्ने भन्ने सकसमा देउवा

महामन्त्रीले प्रस्ताव गरेको वार्षिक क्यालेन्डर लागू गर्ने कि नगर्ने भन्ने सकसमा देउवा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ५ २०८०

  • 2.0K
    SHARES

  • महामन्त्रीले प्रस्ताव गरेको वार्षिक क्यालेन्डर लागू गर्ने कि नगर्ने भन्ने सकसमा देउवा

    काठमाडौं - ११ महिनापछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । चौथो दिनको बैठक ११ बजेदेखि सुरु हुँदैछ । हरेक दिन बिहान ११ देखि बेलुका ५–६ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने गरेको छ ।

    आधाजसो केन्द्रीय सदस्यले बैठकमा आफ्ना धारणा राखेका छन् । अझै दुई दिनसम्म केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने र त्यसपछि पदाधिकारीको पालो आउने छ । त्यसैले अझै केही दिन बैठक लम्बिने संकेत देखिएको छ ।

    केन्द्रीय समिति बैठकमा एजेन्डा र वार्षिक क्यालेन्डर पनि प्रस्ताव गरिएकाले केन्द्रीय सदस्यहरूले त्यही विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

    तर, धेरैले सभापति शेरबहादुर देउवा र शरणार्थी काण्डमा जेल परेका बालकृष्ण खाँणको बचाउ गरेकाले केन्द्रीय समिति बैठक कर्मकाण्डीमै सीमित हुने खतरा पनि बढेको छ ।

    बैठकमा महामन्त्री गगन थापाले पार्टीलाई चलायमान बनाउन केन्द्रीय समितिको बैठक कहिले बस्ने भनेर समय नै तोकेकाले सभापति देउवालाई दबाब परेको छ ।

    बैठक बोलाउने अधिकार सभापतिमा निहित छ । विधानले समयावधिसहित तोकेका अन्य जिम्मेवारी पनि सभापति देउवाले पूरा गरेका छैनन् ।

    यस्तो अवस्थामा महामन्त्री गगन थापाले पेस गरेको क्यालेन्डर अनुसारको वार्षिक कार्ययोजना देउवाले पालना कसरी गर्लान् ? चासो सर्वत्र देखिएको छ ।

    महाधिवेशन भएको डेढ वर्षसम्म देउवाले न कोषाध्यक्ष मनोनीत गरेका छन्, न केन्द्रीय समितिलाई नै पूर्णता दिएका छन् । कांग्रेसको विधानमा केन्द्रीय समितिको बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने उल्लेख छ ।

    महाधिवेशन सकिएको ६ महिनाभित्र पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णता, विभाग गठन तथा संसदीय बोर्ड गठन हुनुपर्ने व्यवस्था छ । यो सबै जिम्मेवारी सभापतिको हो । केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठक टारेर सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय गराउँदै आएका छन्, जसलाई विधानले चिन्दै चिन्दैन ।

    वार्षिक क्यालेण्डरअनुसार कांग्रेस अगाडि बढे पार्टीका सबै संरचना वर्षैभर चलायमान हुनेछन् । पार्टीलाई विधानबमोजिम सञ्चालन गर्न र गतिविधि नियमित गर्न केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले समयतालिकासहित वार्षिक कार्ययोजना प्रस्ताव गरेका छन् ।

    कार्ययोजनामा प्रस्ताव गरिएका अधिकांश विषय सभापति देउवासँग सम्बन्धित छन् । केन्द्रीय समितिले अनुमोदन गरेमा यो कार्यान्वयनमा आउने छ । तर, यसले सबैभन्दा बढी दबाब देउवामाथि नै पर्ने छ । त्यही भएर देउवाले के गर्लान् भन्ने चासो देखिएको हो ।

    पार्टीलाई नियमित सञ्चालनका लागि सभापतिसँगै अन्य पदाधिकारीको पनि भूमिका हुन्छ । पदअनुसार जिम्मेवारी प्रदान र भूमिका निर्वाह गर्न नसक्ने हो भने कांग्रेसको अवस्था सुधार होला भन्न सकिन्न ।

    अहिले केन्द्रीय समितिमा रहेका अधिकांश केन्द्रीय सदस्यको अभिव्यक्ति र विचार सुन्दा कांग्रेस रुपान्तरण होला भन्ने कसैले विश्वास गरेको छैन ।

    यदि महामन्त्रीद्वयले पेस गरेको प्रस्ताव देउवाले मानेमा भने कांग्रेस चलायमान हुने सम्भावना धेरै छ । कार्ययोजना अनुसार कांग्रेस अगाडि बढे केन्द्रदेखि पालिका तहसम्मका पार्टीका संरचना वर्षैभर चलायमान हुनेछन् ।

    यसले पार्टीको गिर्दो साखलाई उकास्ने र आगामी निर्वाचनमा बढी मत ल्याउन सहयोग पुग्ने कतिपयको विश्लेषण छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:२५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend