काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं उपत्यकाका सडक तथा यातायात सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई आगामी बजेटमा समेटिनुपर्ने विषय प्रस्तुत गर्दै चार सुझाव दिएका छन्।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले उपत्यकाको सडक पूर्वाधार तथा यातायात व्यवस्थाका लागि आर्थिक वर्ष २०७७–७८ को बजेट अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नीति तथा कार्यक्रममा समेटिनुपर्ने चार विषय उल्लेख गर्दै मन्त्री नेम्वाङका नाममा खुला पत्र लेखेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक उनको पत्रमा काठमाडौं उपत्यकाका सन्दर्भमा १. यातायात प्रणालीको गुरुयोजना २. फुटपाथ निर्माण तथा विस्तार आयोजना ३. सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन ४. सवारी प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसँग साझेदारी आगामी बजेटमा समेट्न अनुरोध गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।