आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 10.8K
    SHARES

  • अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सिर्जित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सिर्जनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा मंगलबार पूर्व बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए ।

    नवप्रबद्र्धनको मौका, डिजिटल गराउने असरतर्फ पनि सरकारको पटक्कै ध्यान नभएको कांग्रेस नेता थापाको भनाई थियो ।

    अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उनले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउँदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गरे ।

    विदेशबाट फर्किन लागेर र स्वदेशमै पनि बेरोजगार भएका लाखौं नेपालीका लागि अर्थमन्त्री खतिवडाले ठोस कुनै योजना ल्याउने छाँटकाँट नदेखाएको भन्दै थापाले आक्रोश पोखेका छन् ।

    ‘लाखौं मानिस स्वदेश आउँदैछन्, उनीहरूको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन,’ उनले भने । कोरोनापछि कृषि र साना उद्योगहरूलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरूलाई गाउँमै टिकाउन सकिन्न भन्नेतर्फ कसैको ध्यान नगएको उनले बताए ।

    हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनुपर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    धेरै विद्वान र विज्ञहरूले धेरै मेहनत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एकपल्ट पनि पल्टाउने चेस्ट नगरेको भन्दै उनले दुःख व्यक्त गरे ।

    नेपालका उद्योगलाई निजीकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरू खोल्न चुनौती पनि उनले दिए ।

    उद्योगहरूलाई निजीकरण गरेर देशलाई बर्बाद पारियो भन्ने सत्तारुढ दललाई अहिले आफ्नो सरकारमार्फत् उद्योग चलाउने आँट छ भनेर नेता थापाले प्रश्न गरे । उनले निजीकरण गरेको कारणले नभई अन्य कारणले नेपालका उद्योगधन्दाहरू धरासायी भएको बताउँदै यसलाई पुनर्उत्थान गर्नेतर्फ सरकारले यो अवसरलाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

    छलफलका लागि पेश गरिएको प्रस्ताव निबन्ध जस्तो भएको टिप्पणी गर्दै उनले सांसदहरूलाई अर्थमन्त्री खतिवडाले हेपेको आरोप लगाए ।

    ‘नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरू प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तिक छलफल गर्नुपर्ने हो तर उहाँले सांसदहरूलाई केही थाहा छैन भन्ने ठानेर निबन्धजस्तो लेख्नुभएको छ,’ उनले भने ।

    अर्थमन्त्रीको यो प्रस्तुतीले जति निराश बनाएको छ, उत्तिकै निराश उनले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले पनि बनाउने गरेको नेता थापाको भनाई छ ।

    समकालीन विद्वानहरूमध्ये सर्वाधिक विद्वान र अनुभवी भनिएका अर्थमन्त्रीले पनि आशा जगाउन र नयाँ–नयाँ योजनाहरू ल्याउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७०९:३२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend