काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै पाँच दिनसम्म सदन अवरुद्ध गरेको एमाले अहिले सामान्य अवस्थामा फर्किएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक नयाँदिल्ली पुगेको प्रचण्डको अभिव्यक्तिविरुद्ध एमालेले उनको राजीनामा माग गर्दै आएको थियो ।
तर सोमबारदेखि एमाले सदन खुलाउन तयार मात्र भएन, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएपछि चुपचाप भएको छ ।
आफ्नो फेस सेभिङका लागि एमालेले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा दिएको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिएको दाबी गरेको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा सोमबार दिएको स्पष्टीकरणलाई पार्टीले स्वीकारेको बताए ।
सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताएको प्रतिक्रिया दिए । भविष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले गरेको उनको भनाइ थियो ।
यससँगै केही दिनयता राजीनामा नै माग्ने तहमा पुगेको एमाले यत्तिकै चुपचाप बनेको छ । २०५७ मा प्रधानमन्त्रीको राजीनामा माग गरेर एमालेले एउटा अधिवेशन ५७ दिन अवरोध गरेको थियो ।
त्यस्तै, २०७८ मा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेर दुइटा अधिवेशन १४४ दिन संसद् अवरोध गरेर कीर्तिमान कायम गरेको थियो ।
एमालेले २०८० मा प्रधानमन्त्रीको राजीनामा माग्दा फताकफुतुक्क गल्यो । एमालेले जम्मा पाँच दिन मात्र संसद् अवरोध गरेकाले यसपटक उसको शक्ति खिइँदै गएको प्रमाणित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।