बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

पाँच दिनदेखि अवरुद्ध संसद् खुल्ने, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

पाँच दिनदेखि अवरुद्ध संसद् खुल्ने, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

  • मिडिया डबली
  • सोमवार, आषाढ २५ २०८०

  • 2.3K
    SHARES

  • पाँच दिनदेखि अवरुद्ध संसद् खुल्ने, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

    काठमाडौं - पाँच दिनदेखि लगातार अवरुद्ध प्रतिनिधिसभा बैठक सुचारु हुने भएको छ ।

    सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक नयाँदिल्ली गएको भन्ने अभिव्यक्तिले प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बस्नयोग्य नभएको भन्दै एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

    आइतबार र सोमबार लगातार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले अवरुद्ध संसद् खुलाउने सहमति गरेको हो ।

    प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदबारको भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा बोल्न जान लागेको प्रतिक्रिया दिए ।

    अहिले संघीय संसदको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बस्दैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend