बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयको प्रस्टीकरण– अभिव्यक्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजियो

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयको प्रस्टीकरण– अभिव्यक्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजियो

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 1.8K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयको प्रस्टीकरण– अभिव्यक्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजियो

    काठमाडौं - सरदार प्रितम सिंहसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध र पुस्तक विमोचन गर्दा बोलेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको निजी सचिवालयले लामो प्रस्टीकरण निकालेको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले निकालेको विज्ञप्तिमा अभिव्यक्तिलाई तोडमोड गरेर एकपक्षीय ढंगले प्रचार गरिएको दाबी गरिएको छ ।

    विज्ञप्तिमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको, प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७÷६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा प्रितमको भारतमा आउजाउ हुने गरेको थियो ।

    सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको दाबी गरिएको छ ।

    पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत स्मरण गरेको, तर सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् भएको विज्ञप्तिमा उल्लेख छ ।

    pm.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २७ २०७९०५:१३:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend