काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
आचार्यले यसअघि पनि प्रधानमन्त्रीको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । उनी माओवादी केन्द्रीय सदस्यसमेत हुन् । आचार्य माओवादी निकट प्रेस सेन्टरका सल्लाहकार तथा पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।
आचार्यलाई प्रधानमन्त्रीको प्रेस डिभिजनमा यसअघि नियुक्त भइसकेका सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना र गोकर्ण भट्टले साथ दिनेछन् । उनी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष पनि हुन् । माओवादी पत्रकारमध्ये आचार्य सबैभन्दा धेरै अवसर पाउनेमा पर्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।