काठमाडौं - एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै संघीय संसद् अवरोध गरेको छ ।
जसकारण प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंह पटकपटक नयाँ दिल्ली पुगेको भनेर अभिव्यक्ति दिएपछि विवादमा परेका छन् ।
यही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्ण गरेको हो । एमाले संसदीय दलको बैठकले सुरुमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने निर्णय गरे पनि त्यसभन्दा अघि बढेर उसले राजीनामा नै दिनुपर्ने भनेको छ ।
एमाले अध्यक्ष केपी ओलीले संसद्बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अब प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिन्छ भने । के एमालेले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? हिजो पुस १० गते एमालेले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो ।
त्यसबेला एमालेले साथ नदिएको भए प्रचण्ड प्रधानमन्त्री बन्नै सक्दैनथे । राजीनामा भनेकै स्वेच्छिक, राजीखुसी र कानुनी प्रबन्धलाई ख्याल राखेर उच्च नैतिकता प्रदर्शन गर्दा दिइने चिज हो ।
विपक्षीको राजीनामा माग्ने हक हो, विपक्षीले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीलाई संवैधानिक बाटोबाट विपक्षीले कुर्सीबाट ओराल्न सक्छ । घोक्राएर नै निकाल्ने हठ हो भने छैन ।
भारतीय नागरिक प्रितम सिंह बारेको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकोमा दुईमत छैन । यस विषयमा गठबन्धनले समीक्षा गर्नुपर्छ । गठबन्धनले राजीनामा दिन माग गरेमा प्रचण्डलाई साँच्चिकै अप्ठेरो पर्छ ।
नैतिक संकट आइपर्छ । तर विपक्षी दलले राजीनामा माग्दैमा प्रचण्डले दिइहाल्नुपर्ने भन्ने कतै छैन । संवैधानिक बाध्यता पनि छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।