बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेले आज संसदमा प्रचण्डलाई आफ्नो शक्ति देखाइदिने

एमालेले आज संसदमा प्रचण्डलाई आफ्नो शक्ति देखाइदिने

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 2.6K
    SHARES

  • एमालेले आज संसदमा प्रचण्डलाई आफ्नो शक्ति देखाइदिने

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै अवरोध गर्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले संसद् चल्न नदिने भएको हो । एमाले संसदीय दलको बैठकले संघीय संसदका दुवै बैठकमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग्ने निर्णय गरेको छ ।

    साथै उसले प्रचण्डले प्रधानमन्त्रीको रुपमा पदमा बसिरहने हैसियत गुमाएको निष्कर्षसमेत निकालेको छ।

    ‘राजनीतिक र नैतिक रूपमा उहाँ प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाउनुभयो,’ उनले भने, ‘उहाँको जे अभिव्यक्तिहरू देखिएको छ, भारत भ्रमणका क्रममा देश हितको विषयमा किन बोल्नुभएन, सीमाको विषयमा किन बोल्नुभएन भनेको उहाँलाई त नेपालको संसदले प्रधानमन्त्री बनाएको होइन रहेछ, उहाँलाई त दिल्लीले बनाएको रहेछ।’

    सरदार प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । एमालेले प्रचण्डको अभिव्यक्ति संसद्को अपमान भएको पनि निष्कर्ष निकालेको छ ।

    एमाले सचेतक बर्तौलाले प्रचण्डले चित्तबुझ्दो गरी जवाफ नदिएसम्म संसद् अवरोध गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक छ। यो संसद्‍माथिकै अपमान हो ।

    उहाँको अभिव्यक्ति जनादेशको प्रतिकूल हुनेगरी आएको छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्छ । इमान्दारिता र नैतकिता हुन्छ भने उहाँले राजीनामासम्म दिनुपर्छ,’ उनले भने ।

    प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले समेत आफूले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले बबण्डर गर्नसक्ने संकेत गरिसकेका छन् । बुधबार अखिल क्रान्तिकारीको भेलामा प्रचण्डले त्यस्तो संकेत गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend