बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सात प्रदेशसहित आठवटै सरकारबाट हात धुनु परेपछि आत्तियो एमाले, देउवालाई ओलीको यस्तो प्रस्ताव

सात प्रदेशसहित आठवटै सरकारबाट हात धुनु परेपछि आत्तियो एमाले, देउवालाई ओलीको यस्तो प्रस्ताव

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 6.2K
    SHARES

  • सात प्रदेशसहित आठवटै सरकारबाट हात धुनु परेपछि आत्तियो एमाले, देउवालाई ओलीको यस्तो प्रस्ताव

    काठमाडौं - एमालेमा सत्ताको छटपटी देखिन थालेको छ । संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो ।

    एउटा बचेको कोसी प्रदेशमा पनि आफ्नो सरकार ढलेपछि अहिले एमाले अध्यक्ष केपी ओली चिन्तामा परेका छन् ।

    गत पुसमा माओवादीलाई कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ ।

    गत पुस १० गते नयाँ समीकरणका साथ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेको बताइन्छ ।

    तर औपचारिक रूपमा बाहिर आउन सकेको छैन । कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् ।

    उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ ।

    ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने बचन दिइसकेको बताइन्छ । तीन दिनअघि ओलीले देउवालाई फोन गर्दै कोसी प्रदेशमा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए ।

    तर देउवाले तत्काल असम्भव भएको जवाफ दिएको बुझिएको छ । कोसीमा आफ्नो पार्टीको सरकार बनाउन सके केन्द्रमा पनि हात हाल्ने एमालेको दाउ छ ।

    प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति पनि कांग्रेस सभापति देउवा सन्तुष्ट छैनन् । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानीछानी कांग्रेस नेतालाई टार्गेट बनाएर बदनाम गराउन थालेको भन्दै देउवाले असन्तुष्टि जनाइसकेका छन् ।

    त्यसको सुइँको पाएका ओलीले देउवालाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend