बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको बिशेष

ललिता निवासको जग्गा संरक्षण गर्दै बालेन, पठाए नगर प्रहरीको टोली

ललिता निवासको जग्गा संरक्षण गर्दै बालेन, पठाए नगर प्रहरीको टोली

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 3.6K
    SHARES

  • ललिता निवासको जग्गा संरक्षण गर्दै बालेन, पठाए नगर प्रहरीको टोली

    काठमाडौं - बालुवाटारस्थित ललिता निवासमा काठमाडौँ महानगरपालिकाले हात हालेको छ ।

    उसले ललिता निवासको सरकारी जग्गा संरक्षण गर्ने घोषणा गरेको छ । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले नगर प्रहरीको टोली पठाएर सरकारी जग्गा संरक्षण गर्न निर्देशन दिएका छन् ।

    यसका लागि नापजाँचलगायतका काम सम्पन्न गरेर तारबार गर्ने तयारी काठमाडौँ महानगरले गरेको छ। ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न महानगरले प्रक्रिया अघि बढाइसकेको महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डेले बताएका छन् ।

    सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्वमा पर्ने भएको उनको भनाइ छ । पाण्डे नेतृत्वको टोली दिउँसो साढे २ बजे ललिता निवास पुगेको थियो । त्यहाँ बनिरहेका संरचना निर्माणकार्य रोक्न निर्देशन दिइएको छ ।

    सीआईबीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायत सातजनालाई पक्राउ गरेको छ । गुरुङ र परिवारका नाममा मात्र २९ रोपनी सरकारी जग्गा नामसारी भएको पाइएको सीआईबीले जानकारी दिएको छ।

    १४३ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा पारेको, खरिद–बिक्री गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४०७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    जसमा केही हाई प्रोफाइल व्यक्ति पनि परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा पार्न बिचौलियाले कर्मचारीलाई घुससमेत दिएको पाइएको छ । २२ रोपनी जग्गा कर्मचारीले घुसबापत लिएको अनुसन्धानमा खुलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १७ २०७७०५:४५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend