काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेकी उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग रु ९१ लाख २० हजार बिगो माग दाबी गरेको थियो ।
राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पु¥याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।
ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले रु ३९ करोडभन्दा बढी बिगो माग दाबी गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।