बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

सुनको जलहरीमा विद्यादेवी र केपी ओलीले अमर हुन खोज्दा देखिएको भ्रष्टाचार

सुनको जलहरीमा विद्यादेवी र केपी ओलीले अमर हुन खोज्दा देखिएको भ्रष्टाचार

  • मिडिया डबली
  • सोमवार, आषाढ ११ २०८०

  • 11.5K
    SHARES

  • सुनको जलहरीमा विद्यादेवी र केपी ओलीले अमर हुन खोज्दा देखिएको भ्रष्टाचार

    काठमाडौं - पशुपतिनाथक‍ो जलहरीमा राज्यकोषबाट पैसा हालेर आफ्नो नाम कुँद्नेहरू भ्रष्ट भएको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी ओलीकै विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अघि बढाइएको थियो ।

    विवादबीच तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन् । त्यतिवेला पर्यटनमन्त्री भानुभक्त ढकाल थिए । जलहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको हो ।

    सर्वोच्च अदालतले त्यसबेला जलहरीमा सुन नराख्न आदेश दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खुसी पारेर ओलीले जलहरीमा हतारहतार सुन राख्ने निर्णय गर्न लगाएका थिए ।

    स्रोतका अनुसार धार्मिक, पुरातात्विक र ऐतिहासिक जलहरीमा सयौँ वर्षपछिसम्म अभिलेख रहने भएकाले नाम नै कुँदिएको हो । जलहरीमा सुन भण्डारी र ओलीको निजी पैसा वा चन्दाले राखेको होइन । त्यसमा राज्यकोषबाट पैसा खर्च भएको छ । राज्यकोषको पैसामा नाम राख्न खोज्नुले यसमा भ्रष्टाचारजन्य कसुर भएको पुरातत्वविद्हरू बताउँछन् ।

    पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

    आइतबार राति २ बजे गरिएको नापतौलमा १०६.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरी २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो ।

    तर जर्ती तथा दिनहुुँ दही तथा जलले नुहाइदिँदा झन्डै आधा केजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको छ।

    जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी ओली, मन्त्री भानुभक्त ढकालसहित १३ जनाको नाम कुँदिएको पाइएको छ। सय–दुई सय वर्षमा पनि ननिकालिने जलहरीमा नाम कुँदेकाले अमर रहन भण्डारी र ओलीले नाम कुँदेको बताइन्छ । शताब्दीपछि खोलिने र पशुपतिको गर्भगृहमै नाम राख्न खोज्नु सामान्य होइन ।

    राष्ट्र बैंकबाट किनिएको १०३ किलो ७७३ ग्राम सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो। उक्त जलहरीमा करिब १० किलो सुन भने कम पाइएको महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि यसको नापजाँच सुरु भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend