आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बाबुरामको घन्टीमोह, जो लोकप्रिय भयो उसकै पछि लाग्ने

बाबुरामको घन्टीमोह, जो लोकप्रिय भयो उसकै पछि लाग्ने

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ८ २०८०

  • 2.7K
    SHARES

  • बाबुरामको घन्टीमोह, जो लोकप्रिय भयो उसकै पछि लाग्ने

    काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुरा भट्टराईले राजनीतिबाट विश्राम लिइसकेका छन् ।

    सोही कारण मंसिरको निर्वाचनमा उनले गोरखा २ बाट आफू चुनाव लडेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र छाडिदिए ।

    आफ्नी छोरी मानुषीलाई काठमाडौं ७ बाट उम्मेदवार बनाउन उनले गोरखा २ कुर्बान गरेका हुन् । नत्र उनी चारपटकसम्म सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए । तर अहिले उनी प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भएका छन् ।

    प्रचण्डसँग उनको मोह भंग भएको छ । प्रचण्डले बनाएको समाजवादी मोर्चामा आफूलाई नसमेटेपछि बाबुराम अहिले संयुक्त सरकार गठनको माग गर्न थालेका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले यस्तो विचार अघि सारेका हुन् ।

    भट्टराईले संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने बताएका छन् । प्रमुख दलहरूको संयुक्त सरकार बनेमा संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बॉकी कामको समापन गर्न सकिने उनको भनाइ छ ।

    त्यति मात्र होइन, उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयमा खुसी देखिएका छन् । यो कुरा उनले बिहीबार रास्वपाको चियापानमा खोलेका हुन् । उनले रास्वपाको नाम नलिए पनि खुलेरै ०८४ को निर्वाचनमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताए ।

    ‘रास्वपा अगाडि आएकोमा अत्यन्त खुसी छु । बहुदलीय लोकतन्त्रमा विचारहरू फरक हुन सक्छन्, प्रतिस्पर्धा हुन्छन्, फेरि पनि नेपालले चाहेको नयाँ नै हो, अग्रगमन नै हो,’ उनले भने, ‘त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासन समृद्धिको दिशातिर लिएर जान यो पार्टीले सफलता प्राप्त गर्न सकोस्, मेरो पूर्ण सद्भाव र शुभकामना छ । ०८४ को चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ भन्दिनँ । नयाँ दलको सरकार बन्छ । कांग्रेस, एमाले, माओवादीबाहेकको दलको सरकार बन्छ ।’

    बाबुरामको यो भनाइले उनी अर्को निर्वाचनसम्म रास्वपामा प्रवेश गर्नसक्ने आशंका उब्जाएको चर्चा हुन थालेको छ । किनभने पार्टी अदलबदलमा बाबुराम माहिर नै छन् । अहिलेसम्म उनले पाँचवटा पार्टी फेरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend