आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि देश बनाउने सिइओ ल्याउँछु भन्थे, बैंकका पूर्वसिइओलाई भित्र्याए

रवि देश बनाउने सिइओ ल्याउँछु भन्थे, बैंकका पूर्वसिइओलाई भित्र्याए

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ८ २०८०

  • 3.7K
    SHARES

  • रवि देश बनाउने सिइओ ल्याउँछु भन्थे, बैंकका पूर्वसिइओलाई भित्र्याए

    काठमाडौं - एक वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्ने बेला रवि लामिछानेले भनेका थिए– हाम्रो पार्टीले देश बनाउन सिइओको भ्याकेन्सी खोल्छ ।

    विदेशमा राम्रो जागिर भएकाले छाडेर आए म आफैं स्वागत गर्न एयरपोर्ट जान्छु । तर यो एक वर्षको अवधिमा रविले देश बनाउने सिइओ फेला पारेका छैनन् ।

    बरु उनले आफ्नो निर्वाचन क्षेत्रमा सिइओलाई जागिर खुवाउन भ्याकेन्सी खुला गरेको बताएका थिए । केही दिनभित्रै आफूले चितवन २ का लागि भर्ती गरेको सिइओ सार्वजनिक गर्ने उनको भनाइ छ ।

    देश बनाउने सिइओ खोज्दै गरेका रविले बैंकका पूर्वसिइओ फेला पारेका छन् । उनी हुन् अनिलकेशरी शाह । नबिल बैंक र मेघा बैंकका पूर्वसिइओ शाहलाई रविले बिहीबार पार्टी प्रवेश गराए ।

    बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले निकट देखिएका थिए। उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए।

    घोषणापत्रलाई प्रविधिको माध्यमबाट प्रदर्शन गरेको एमालेले त्यसपछि पार्टी अध्यक्ष केपी ओलीसँग डिबेट कार्यक्रम राखेको थियो।

    उक्त कार्यक्रममा पनि शाह सहभागी भएका थिए। प्रतिनिधिसभा निर्वाचनपछि रास्वपासँग निकट देखिएका बैंकर शाह बिहीबार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।

    उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यो विषय अहिले निकै विवादमा परेको छ । रविले राजनीति बुझेका होइन, कर्पोरेट, कलाकारिता वा युट्युब र मिडियामा जो जो चर्चामा छन्, तिनलाई पार्टी प्रवेश गराउने नीति लिएको धेरैको बुझाई छ ।

    आफूले पार्टीको टिकट दिएपछि त्यसले चुनाव जितिहाल्छ भन्ने मनोरोगबाट रवि ग्रसित देखिन्छन् । अहिले अनिलकेशरीलाई पार्टी प्रवेश गराउने उनको उद्देश्य अर्को निर्वाचनमा काठमाडौंकै कुनै क्षेत्रमा टिकट दिनु रहेको सहजै अनुमान गर्न सकिन्छ ।

    बैंकर शाह बैंकिङ क्षेत्रमा निकै विवादास्पद मानिन्छन् । उनलाई बैंकर कम, मोडेल बढी भनेर चिनिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend