काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
आँखा र पेटसम्बन्धी उपचारका निम्ति उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एअरलाइन्सको उडानमा त्यसतर्फ उडेका हुन् ।
देउवालाई बिदाइ गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महतलगायत कांग्रेसका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । देउवा एक सातासम्म उतै रहने र त्यसपछि नेपाल फर्कने छन् ।
पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए । देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा भने सोमबार नै सिंगापुर पुगेकी थिइन् ।
सिंगापुरमा पूर्वतयारीका लागि आरजु पहिला नै पुगेको देउवाको निजी सचिवालयले जनाएको छ । नयाँ दिल्ली हुँदै आरजु सिंगापुर गएको बताइन्छ । नयाँ दिल्लीमा उनले आफ्नो स्वास्थ्य उपचारको फलोअप गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।