बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा ब्यूँताउने भ्यागुताको धार्नी पुग्ला ?

नेकपा ब्यूँताउने भ्यागुताको धार्नी पुग्ला ?

  • मिडिया डबली
  • मंगलवार, जेठ ३० २०८०

  • 2.5K
    SHARES

  • नेकपा ब्यूँताउने भ्यागुताको धार्नी पुग्ला ?

    काठमाडौं - यतिबेला एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलग अलग कित्तामा छन् ।

    तीनैजना फरक फरक पार्टीमा छन् । प्रचण्ड प्रधानमन्त्री छन् । ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् । नेपाल सत्तारुढ दलका नेता हुन्।

    तर पछिल्लो समय माधव नेपाल प्रचण्डसँग पनि सन्तुष्ट छैनन् । ओलीसँग त पानी बाराबारको अवस्था छ । यस्तो अवस्थामा फेरि नेकपा ब्यूँताउने चर्चा चलेको छ ।

    माधवकुमार नेपालले ओली र प्रचण्डसँग नेकपा ब्यूँताउन प्रस्ताव गरेपछि यसले चर्चा पाएको हो । २०७४ मा एमाले र माओवादीबीच एकता भएको पार्टी नेकपा विभाजन भई अहिले तीन चिरामा विभाजित छ ।

    एकता अभियान चलाइरहेका बामदेव गौतमसमेत एमालेसहितको नेकपा ब्युँताउने अभियानमा सक्रिय छन् । तर समाजवादी र एमालेका नेताहरु नै तत्काल यो सम्भव देख्दैनन् ।

    माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच समाजवादी केन्द्र निर्माण गर्ने गरी कार्यदल निर्माण भई प्रारुपसमेत बनिसकेको थियो ।

    तर सत्तासमीकरणको अभ्यासले समाजवादी केन्द्रको बहस सेलाएको छ । निर्वाचनबाट कमजोर हैसियतमा पुगेका पार्टीहरु एक ठाउँमा उभिएर शक्तिआर्जन गर्नुपर्ने बाध्यतामा छन् ।

    पूर्वमाओवादी बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र माओवादीबीच एकताको अन्तिम प्रारुप तयार भएको भनिए पनि त्यसले आकार ग्रहण गर्न सकेको छैन ।

    द्वन्द्वकालीन मुद्दाको चर्चा हुँदा एकताको कुरा गर्ने पूर्वमाओवादी नेताहरु अरुबेला वार्ता र सम्वाद गर्न बिर्सन्छन् । पूर्वमाओवादी घटकमा बाबुराम भट्टराईका साथै मोहन वैद्य, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला लगायत छन् ।

    तर नेकपा ब्यूँताउने हल्ला चर्चाका लागि मात्र जस्तो देखिएको छ । किनभने कम्युनिस्ट पार्टीका नेताहरु स–सानो विषयमा पनि टुट्ने फुट्ने गरेका छन् ।

    एकपटक नेकपा गठन भए पनि कुनै काम नभएको जनताले देखिसकेका छन् । त्यसैले नेकपा ब्यूँताउने कुरा भ्यागुताको धार्नी जस्तै हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend