बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचार विभाग प्रमुखबाट हटाएपछि पृथ्वी ओलीसँग फायर

प्रचार विभाग प्रमुखबाट हटाएपछि पृथ्वी ओलीसँग फायर

  • मिडिया डबली
  • मंगलवार, जेठ ३० २०८०

  • 10.8K
    SHARES

  • प्रचार विभाग प्रमुखबाट हटाएपछि पृथ्वी ओलीसँग फायर

    काठमाडौं - एमालेमा केपी ओलीलाई जे मन लाग्छ त्यही निर्णय गर्ने गर्छन् । आफ्नो तारिफ गर्नेलाई पार्टीमा जिम्मेवारी दिन्छन्, विरोधीलाई छेउमै ढिम्किन दिँदैनन् ।

    ओलीको पाँडे पजनीबाट सयौं नेता कार्यकर्ता पीडित छन् । अलिकति हक्की स्वभावका नेतालाई उनले माथि नै आउन दिँदैनन् । एउटा त्यस्तै नेतालाई ओलीले फेरि डोजर लगाएका छन् ।

    ओलीले पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर आफ्ना हनुमान राजेन्द्र गौतमलाई ल्याएका छन् । गुरुङ अलि हक्की स्वभावका मात्र होइन, एकीकृत समाजवादी, माओवादीलाई एमालेसँग एकता गर्नुपर्ने विचार राख्छन् ।

    तर तिनै गुरुङलाई ओलीले देखिसहेका छैनन् । गुरुङ पहिले सभामुखको दौडमा थिए । तर उनलाई अवसर नै दिइएन । ओलीले आफ्ना विश्वास पात्र देवराज घिमिरेलाई सभामुख बनाए ।

    प्रचार विभागबाट हटाएकामा गुरुङ ओलीसँग असन्तुष्ट बनेको एमालेका एक पत्रकारले बताए । ओलीको आलोचना गरेकै कारण गुरुङलाई प्रचार विभागबाट बिदा गरिएको एमालेमा चर्चा छ ।

    प्रचार विभागको उपप्रमुख विष्णु रिजाललाई पनि हटाइएको छ । ओलीले विभाग प्रमुखमा गौतमलाई मौका दिए पनि उपप्रमुख कसैलाई बनाएका छैनन् । संखुवासभाका गौतम जिल्लाभन्दा बढी अनामनगरमा बसेर एमालेमा राजनीति गर्ने नेता पर्छन् ।

    २०७४ को निर्वाचनमा माओवादी मतका कारण संखुवासभामा जितेका गौतम गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता दीपक खड्कासँग पराजित भएका हुन् । चुनाव हारे पनि गौतमले एमालेमा महत्वपूर्ण विभागको अवसर पाएका छन् ।

    गौतम एमालेमा केन्द्रीय सदस्य मात्र हुन् । पार्टीका उपमहासचिव गुरुङले हाँकिरहेको प्रचार विभागमा कनिष्ठलाई मौका दिएको भन्दै अहिले ओलीको आलोचना भइरहेको छ ।

    तर खुलेर कसैले बाहिर भन्न सकेका छैनन् । गौतमको कुनै पनि मिडिया र पत्रकारसँग राम्रो सम्बन्ध छैन । तैपनि उनलाई किन यस्तो विभागको जिम्मेवारी दिइएको हो भन्ने खुल्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend