काठमकाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लागेको बताइएको छ।
देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जाने भएका हुन्। देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आएका र त्यसैको फलोअपका लागि जान लागेको सचिवालयले जानकारी दिएको हो।
करिब एक सातापछि स्वदेश फर्कने गरि देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान लागेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।