आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रेशम चौधरीले राजनीति गर्न पाउने, सांसद बन्न नपाउने

रेशम चौधरीले राजनीति गर्न पाउने, सांसद बन्न नपाउने

  • मिडिया डबली
  • मंगलवार, जेठ १६ २०८०

  • 5.6K
    SHARES

  • रेशम चौधरीले राजनीति गर्न पाउने, सांसद बन्न नपाउने

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको राजनीतिक भविष्यमा ग्रहण लागेको छ

    । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका चौधरी सांसद वा मन्त्री बन्न नपाउने भएका छन् । फौजदारी मुद्दामा कसुरदार ठहरिएका उनी सांसदको उम्मेदवार बन्न पाउने छैनन् ।

    २०७४ को निर्वाचनमा फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट चुनाव जितेका थिए । त्यसबेला उनी राजपा पार्टीबाट उम्मेदवार बनेका थिए । तर पाँच वर्षे सांसद कार्यकालमा उनले एकपटक पनि संसद् टेक्न पाएनन् ।

    त्यही बीचमा उनले प्रहरीसँग आत्मसमर्पण गरे । अदालतले उनलाई टीकापुर हत्याकाण्डको मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भए ।

    चौधरी टीकापुर हत्याकाण्डमा ६ वर्ष जति मात्रै कारागारमा बसे । अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो । त्यसका लागि उनले २० वर्ष जेल जीवन बिताउनुपथ्र्यो ।

    तर चौधरी राज्यसत्ताको दुरुपयोग गर्दै ६ वर्षमै निस्के । उनलाई आममाफी दिएकोमा चौतर्फी आलोचना भयो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौधरीलाई अन्याय भएको बताए ।

    उनले चौधरी अझै कसुरदार रहेको टिप्पणी गरे । यसले के देखाउँछ भने चौधरीको राजनीति करियर सकिएको छ । उनले राजनीति गर्न पाउने तर सांसदको उम्मेदवार बन्न भने नपाउने भएका छन् ।

    संविधानअनुसार फौजदारी कसुरमा सजाय तोकिएको व्यक्ति सांसदको उम्मेदवार बन्न पाउँदैनन् । चौधरीले आममाफी मात्र पाएका हुन् । सजाय छुट भएको हो । कसुर माफी भएको होइन ।

    त्यसैले अहिले पनि चौधरी कसुरदार हुन् । दोषी सावित भएका व्यक्ति हुन् । त्यसैले चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न सक्नेछन् ।

    तर चुनावमा उठ्न पाउने छैनन् । नेपालको संविधान र कानुनअनुसार उनी सांसदको उम्मेदवार बन्न अयोग्य ठहर भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २४ २०७९०८:००:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend