आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एक वर्षमा १७ सय अपराधीलाई सरकारले जेलबाट निकाल्यो

एक वर्षमा १७ सय अपराधीलाई सरकारले जेलबाट निकाल्यो

  • मिडिया डबली
  • सोमवार, जेठ १५ २०८०

  • 2.0K
    SHARES

  • एक वर्षमा १७ सय अपराधीलाई सरकारले जेलबाट निकाल्यो

    काठमाडौं - नेपालमा जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस र फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

    तर यिनै दिवसका दिन हत्या, बलात्कार, चोरीडाँका, सरकारी कीर्ते, संगठित अपराध, चेलिबेटी बेचबिखन जस्ता फौजदारी अभियोगमा मुद्दा लागेर कैद सजाय भुक्तान गरिरहेकाहरू धमाधम आममाफी र सजाय माफी हुँदै छुट्ने गरेका छन् ।

    यस वर्ष मात्रै कारागारमा रहेका विभिन्न अपराधमा सजाय पाएर कैद भुक्तान गरिरहेका करिब १७ सय अपराधी जेलमुक्त भएका छन् । केहीलाई आममाफी, केहीलाई बाँकी कैद सजाय माफी दिएर छुटाउने गरिएको छ ।

    विगतमा राजाले जेलमा रहेकालाई असल चालचलनका आधारमा आममाफी दिने गरेका थिए । तर पछिल्लो समय राष्ट्रपतिले सरकारको सिफारिसमा आममाफी दिने गरेका छन् ।

    यसरी छुटेका धेरै अपराधी फेरि पनि अपराध कर्ममा लागेको भेटिएको छ । गणतन्त्र दिवसमा ५०१, संविधान दिवसमा ६८१ र प्रजातन्त्र दिवसमा ५१३ सहित एकै वर्ष १६ सय ९५ अभियुक्त जेलबाट रिहा भएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसको अवसरमा आइतबार ५०१ जनालाई माफी दिएका छन् । जसमा रेशम चौधरीसहित २१ जनालाई आममाफी र बाँकीलाई कैद सजाय माफी दिएका हुन् ।

    सबै गणतन्त्रको अवसरमा सोमबार कारागारबाट रिहा भएका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६८१ कैदीलाई आममाफी दिएकी थिइन् ।

    उनले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को गत भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिएकी हुन्।

    यस्तै, तत्कालीन राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते ५१३ जना कैदीबन्दीलाई आममाफी दिएकी थिइन् । उनले सरकारको सिफारिसअनुसार ५१३ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन् ।

    भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २४ २०७९०८:००:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend