आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

सर्वोच्चमा मुद्दा परेपछि बोले रवि, दिए यस्तो चेतावनी

सर्वोच्चमा मुद्दा परेपछि बोले रवि, दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • बिहिवार, जेठ ११ २०८०

  • 5.2K
    SHARES

  • सर्वोच्चमा मुद्दा परेपछि बोले रवि, दिए यस्तो चेतावनी

    काठमाडौं - आफूलाई सांसद हुन पनि अयोग्य भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ.भनेर आक्रोश व्यक्त गरेका छन् ।

    बिहीबार सामाजिक सञ्जालमार्फत आफूविरुद्ध पटकपटक मुद्दा हालेर मुद्दा हाल्ने उद्योग नै चलाएको भन्दै रवि अधिवक्ता युवराज पौडेल सफलप्रति आक्रोशित भएका छन् ।

    उनले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य बुझाएको उल्लेख गरेका छन् ।

    अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

    रविले सामाजिक सञ्जालमा लेखेका छन्–

    मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।

    १. सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।

    २. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

    ३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२\०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।

    ४. घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend