काठमाडौं - दोहोरो राहदानी प्रकरणका कारण आफूविरुद्ध चौतर्फी आलोचना हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्ने गर्थे– ‘मैले नेपाली राहदानीको दुरुपयोग गरेको छैन ।
त्यसैले ममाथि किन कारबाही ?’ उनले अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी बोकेर विदेश उडेको रविकै आधिकारिक ट्विटर ह्यान्डलबाट पुष्टि हुन्छ ।
यति हुँदाहुँदै पनि सेटिङका आधारमा रविविरुद्ध दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ता दीनमणि पोखरेलले निर्णय गरेका थिए ।
रवि लामिछानेले २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया उड्नुअघि नेपाली हरियो पासपोर्ट देखाउँदै लेखेका थिए– ‘केही दिनका लागि जापान र कोरियातर्फ । कार्यक्रम उतैबाट ।’
यसले के देखाउँछ भने उनी अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी दुरुपयोग गरेर जापान र कोरिया भ्रमणमा गएका रहेछन् ।
उनले त नेपाली राहदानी प्रयोग नै नगरेको भनेर महान्यायाधिवक्ताबाट माफी पाएका थिए । तर, यो तथ्यले त उनले दुरुपयोग गरेको मात्र हैन, प्रयोग नै गरेको छैन भनेर राष्ट्रलाई नै ढाँटेका रहेछन् भन्ने पुष्टि हुन्छ ।
रविले नेपाली राहदानी दुरुपयोग गरेको यो खाँट्टी प्रमाण पनि यही हो । यही आधारमा पनि रविमाथि अदालतले कारबाही हुन सक्ने देखिन्छ ।
अमेरिकन नागरिक को हैसियत हुँदाहुँँदै किन नेपाली पासपोर्ट प्रयोग गरे ? के आमसाधारण नेपालीले यसैगरी दोहोरो पासपोर्ट बोकेको भए यसरी नै उन्मुक्ति पाउँथे होलान् ? तर पनि अहिले रविकै ठूलो स्वर सुनिन थालेको छ । केहीले उनकै कुरा पत्याउन थालेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।