सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

सर्वोच्चको फैसलाविरुद्ध रेशम चौधरी पुनरावलोकनमा जाने, एलिजा गौतम अब के गर्लिन् ?

सर्वोच्चको फैसलाविरुद्ध रेशम चौधरी पुनरावलोकनमा जाने, एलिजा गौतम अब के गर्लिन् ?

  • मिडिया डबली
  • बुधवार, जेठ ३ २०८०

  • 5.7K
    SHARES

  • सर्वोच्चको फैसलाविरुद्ध रेशम चौधरी पुनरावलोकनमा जाने, एलिजा गौतम अब के गर्लिन् ?

    काठमाडौं - कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।

    बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन पनि उनले अनुरोध गरेका छन् ।

    चौधरीले आफू अझै न्यायीक पर्खाइमा रहेको बताउँदै पुनरावलोकनको बाटो खुल्ला रहेको पनि स्पष्ट पारेका छन् । सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्ति पार्टीले देशभर आन्दोलन गर्ने बताइरहेका बेला चौधरीले विज्ञप्ति जारी गरेका छन् ।

    बुधबार उनले नागरिक उन्मुक्तिका नेतालाई कारगारमै बोलाएर छलफल गरेका थिए । मन्त्रीसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ सत्तारुढ गठबन्धनको बैठक छाडेर कारागार पुगेकी थिइन् ।

    नागरिक उन्मुक्तिकी नेतृ एलिजा गौतमले देशभर आन्दोलनको आगो बाल्ने बताएकी थिइन् । ‘सम्मानित सर्वोच अदालतले गरेको फ़ैसलामा मप्रति न्यायिक नहुन सक्छ ।

    तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ।

    अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु।

    मलाई अझै सम्मानीत सर्वोच्च न्यायलय प्रती भरोसा छ। हामी अझै न्यायीक पर्खाईमा छौं,’ चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २४ २०७९०८:००:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend