शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

देउवालाई हराउँछु भन्ने सागर ढकाल आठ महिनाको कोठाभाडा नतिरी बेपत्ता

देउवालाई हराउँछु भन्ने सागर ढकाल आठ महिनाको कोठाभाडा नतिरी बेपत्ता

  • मिडिया डबली
  • मंगलवार, जेठ २ २०८०

  • 16.0K
    SHARES

  • देउवालाई हराउँछु भन्ने सागर ढकाल आठ महिनाको कोठाभाडा नतिरी बेपत्ता

    काठमाडौं - गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा डडेल्धुरामा कोठाभाडा लिएर बसेका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरी फरार भएको पाइएको छ ।

    डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले गुनासो गरेकी छन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

    प्रतिनिधिसभाको निर्वाचनमा ढकाल कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए । उनले आठ महिनादेखिको भाडा तिरेका छैनन् ।

    सुरुमा तीन महिनाको भाडा तिरे पनि असोजयताको भाडा बुझाउन बाँकी रहेको बुझिएको छ । घरबेटीले धेरै फोन गरेको भन्दै ढकालले मोबाइल नै स्विच्ड अफ गरेका छन् ।

    चाँडै भाडा नतिरे प्रहरीमा निवेदन दिने तयारीमा रहेको भाटले जानकारी दिएकी छन् । ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend